अनि नागढुङ्गा नाकाबाट समातिए अमन
थानकोट।
चन्द्रागिरि नगरपालिका-२, नागढुङ्गाबाट प्रहरीले बिहीबार विहान सिराहा, विष्णुपुर गाउँपालिका-३ का २१ वर्षीय अमन यादवलाई अवैध लागूऔषध खैरो हेरोइनजस्तो पदार्थ करिब २५ ग्रामसहित पक्राउ गरेको छ ।
प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय नागढुङ्गाको टोलीले सिराहाबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र-०३-००१ ख ३५३७ नम्बरको बस जाँच गर्ने क्रममा उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
अमन समातिएको घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।












