प्राथमिक तहको चन्द्रागिरि अन्तर विद्यालय चित्रकलामा ब्राइट फ्यूचरका सुयोगराज अब्बल
थानकोट ।
नैकापथित ब्राइट फ्युचर माविका सुयोगराज श्रेष्ठ चन्द्रागिरि नगरपालिका अन्तर विद्यालय चित्रकला प्रतियोगितामा प्रथम भएका छन् ।
शुक्रबार थानकोटमा आयोजित प्रतियोगितामा चन्द्रागिरि नगरका विभिन्न ४५ विद्यालयका कक्षा ४ र ५ का विद्यार्थी सामेल भएका थिए ।
जहाँ सुयोगले पहिलो स्थान हात पारेका हुन् । यस्तै मंगलोदय माविका तिलक परियारले दोश्रो स्थान प्राप्त गर्दा सुप्रिम स्कुलका रिथोन सिंह तेस्रो भए ।
यस्तै, एम्बोसिया आइडल विद्यालयका कृष्मा गुरुङ र न्यू होराइजनका जोयल महर्जनले सान्त्वना स्थान हात पारे । प्रतियोगिताका विजेताहरूलाई चन्द्रागिरि नगरका प्रवक्ता कृष्णप्रसाद खड्गी, नगरको शिक्षा शाखा प्रमुख सुजनराज खनाल, वरिष्ठ अधिकृत बुद्धी भट्ट लगायतले पुरस्कार वितरण गरेका थिए ।
सो चित्रकला प्रतियोगिता मेरो विद्यालय शीर्षकमा सञ्चालन गरिएको थियो ।













