नागढुङ्गानजिकै यात्रुवाहक माइक्रोबस दुर्घटना, उद्दार कार्य जारी
थानकोट ।
काठमाण्डाैबाट चितवनतर्फ जाँदै गरेकाे माइक्रो बस नागढुङ्गा नजिकै दुर्घटना भएको छ।
१८ जना सवार गरेकाे बा ३ ख ८६२९ नम्बरकाे माईक्राे नागढुङ्गामा सडकबाट अन्दाजी १०० मिटर तल खस्दा दुर्घटना भएको हाे ।
दुर्घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीय उद्दारमा खटिएका छन् ।
साे दुर्घटनाकाे विस्तृत विवरण आउन बाँकी छ।













