मातातिर्थ इन्डोर क्रिकेट प्रतियोगिता असार ४ बाट, विजेतालाई ७० हजार रुपैयाँ पुरस्कार

Thankot Times

थानकोट ।

मातातिर्थ क्रिकेट क्लबको आयोजनामा प्रथम मातातिर्थ इन्डोर क्रिकेट प्रतियोगिता असार ४ गतेबाट सुरु हुने भएको छ ।

चन्द्रागिरि नगरपालिका-०७ चेकपोष्टस्थित गणेशमान फुटसलमा सञ्चालन हुने प्रतियोगिता असार ७ गतेसम्म जारी रहनेछ ।

१० ओभरको सो प्रतियोगिताको विजेताले ७० हजार रुपैयाँ प्राप्त गर्दा दोश्रो हुने टोलीले ३० हजार रुपैयाँ प्राप्त गर्ने मातातिर्थ क्रिकेट क्लबले जनाएको छ ।

प्रतियोगितामा हरेक टोलीमा ७ खेलाडीहरू सम्मिलिन हुन सक्नेछन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *