सुनको मूल्य बढ्यो
थानकोट ।
नेपाली बजारमा आज आइतबार सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँ बढेर कारोबार भइरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसदिन सुन प्रतितोला एक लाख ९७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको हो ।
गत शुक्रबार सुन प्रतितोला एक लाख ९७ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज बजारमा चाँदी प्रति तोला दुई हजार १ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।
जुन भाउ पछिल्लो कारोबार दिन गत शुक्रबार कै मूल्य हो ।












