बागमती प्रदेशको बजेट घाेषणामा ढिलाइ, मन्त्रिपरिषद् बैठक बेलुकी ८ बजे बस्ने
थानकोट ।
बागमती प्रदेशको बजेट आउन ढिलाइ भएको छ ।
यसअघि, बजेट स्वीकृत गर्नका लागि ६ बजे मन्त्रिपरिषद् बैठक बोलाइएकोमा बैठक थप दुई घण्टा पर सारिएको हो ।
अब मन्त्रिपरिषद् बैठक ८ बजे मात्र बस्नेछ ।
सो बैठकले बजेटलाई स्वीकृत गरेपछि प्रदेश सभा बैठकमा बजेट हुनेछ ।













