सहिद स्मृति खुल्ला राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा शोणितपुर तेक्वान्दो डोजाङ टिम च्याम्पियन

Thankot Times

थानकोट ।

थानकोटस्थित शोणितपुर डोजाङ सहिद स्मृति खुल्ला राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा १९ स्वर्णसहित टिम च्याम्पियन बनेको छ ।

सहिद स्मृति स्पोर्ट्स एकेडेमीद्वारा आयोजित प्रतियोगितामा विभिन्न १० भन्दा धेरै जिल्लाबाट ४५० भन्दा बढि खेलाडीहरूको सहभागीता रहेको थियो । 

गोकर्णेश्वर नगरपालिकास्थित गोकर्णेश्वर स्पोर्ट्स सिटी हलमा आयोजना गरिएको दुइदिने प्रतियोगितामा शोणितपुर डोजाङ १९ स्वर्ण, ५ रजत, ४ कास्य पदक जित्दै टिम च्याम्पियन बनेको हो ।
त्यस्तै, नेसनल तेक्वान्दो एकेडेमी ११ स्वर्णसहित दोस्रो र चन्द्रागिरि तेक्वान्दो डोजाङ ७ स्वर्णसहित तेस्रो भयो । 

पहिलो, दोस्रो र तेस्रो हुने टोलीले क्रमशः ५० हजार, ३० हजार र २० हजार नगद पुरस्कार समेत पाए ।

गोकर्णेश्वर नगरका मेयर दिपक कुमार रिसाल लगायतले प्रतियोगिताका विजेता तथा उपविजेताहरूलाई पुरस्कार वितरण गरेका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *