बागमती सरकारले ल्यायो ६७ अर्ब ४७ करोडको बजेट (पूर्णपाठ)

Thankot Times

थानकोट ।

बागमती प्रदेशले आगामी आर्थिक वर्ष ०८२/८३ का लागि कुल ६७ अर्ब ४७ करोड ७३ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

कुल विनियोजनमध्ये प्रदेशले चालुतर्फ २६ अर्ब चार करोड ४६ लाख रुपैयाँ विनियोजन गरेको छ ।

यो कुल विनियोजनको ३८.६ प्रतिशत हो ।

पुँजीगतर्फ ४१ अर्ब ४३ करोड २६ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

यो कुल विनियोजनको ६१.४ प्रतिशत हो ।

खर्च ब्यहोर्ने स्रोतमध्ये कर राजस्वबाट २८ अर्ब ८७ करोड ८२ लाख र अन्य राजश्वबाट ६ अर्ब ७९ करोड चार लाख प्राप्त हुने अनुमान गरिएको छ ।

बागमती प्रदेश सरकारले भौतिक पूर्वाधार विकासका लागि २४ अर्ब ८० करोड १९ लाख रुपैयाँ, खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्रालयका लागि ७ अर्ब २८ करोड ७१ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

प्रदेश सरकारले कृषि तथा पशुपन्छी विकास मन्त्रालयका लागि २ अर्ब ६३ करोड ४२ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

प्रदेश सरकारले संस्कृति पर्यटन मन्त्रालयका लागि ३ अर्ब ६७ करोड ७० लाख रुपैयाँ, सहकारी तथा गरिबी निवारण मन्त्रालयका लागि २५ करोड ७८ लाख रुपैयाँ, उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्रालयका लागि ७७ करोड ९६ लाख रुपैयाँ, श्रम रोजगार तथा यातायात मन्त्रालयका लागि ८७ करोड ४१ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

त्यस्तै स्वास्थ्य मन्त्रालयका लागि ३ अर्ब ९६ करोड ८८ लाख रुपैयाँ, सामाजिक विकास मन्त्रालयका लागि ४ अर्ब ३५ करोड ९७ लाख रुपैयाँ, युवा तथा खेलकुद मन्त्रालयका लागि १ अर्ब १६ करोड रुपैयाँ, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका लागि ६२ करोड ११ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

वन तथा वातावरण मन्त्रालयका लागि ३ अर्ब ९९ करोड ६७ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *