त्रिदेशीय टी-२० क्रिकेट शृङ्खला: नेपाल र नेदरल्यान्ड्सको खेल आज

Thankot Times

थानकोट ।

स्कटल्यान्डमा भइरहेको त्रिदेशीय टी-२० क्रिकेट शृङ्खलामा आज नेपाल र नेदरल्यान्ड्स खेल्दैछन् ।

यो खेल ग्लास्गोमा नेपाली समयअनुसार बेलुका पौने ८ बजे शुरू हुनेछ ।

प्रतिगोगिताको पहिलो खेलमा घरेलु टोली स्कटल्यान्डले नेदरल्यान्ड्सलाई ३९ रनले हराएको छ ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीमा रुपेश सिंह र किरण ठगुन्नाले पहिलो पटक मौका पाएका छन् ।

तीव्र गतिका बलर सोमपाल कामी र अलराउन्डर गुलशन झा अभ्यास खेलमा घाइते भएकाले टी–२० शृङ्खला गुमाउनेछन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *