स्कुल कम्पाउण्डमै भ्यानले किच्दा कलंकीमा एक जना विद्यार्थीको ज्यान गयो

Thankot Times

थानकोट । 

काठमाडौंको कलंकीमा स्कुल हाताभित्रै भ्यानले किच्दा एक जना विद्यार्थीको ज्यान गएको छ ।

कलंकीस्थित एडीफाइ इन्टरनेशनल स्कुलको पार्किङमा स्कुलकै अन टेस्ट भ्यान अनियन्त्रित भइ किच्दा कक्षा ४ मा पढ्ने ९ वर्षीया छात्रा सोनाक्षी यादवको ज्यान गएको हो । 

सोमबार दिउँसो १२:४५ बजे पार्किङबाट बाहिरिँदै गरेको अन टेस्ट भ्यान अनियन्त्रित भएर विद्यालयको गेटमा ठोक्किएको थियो।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय एसपी दीपक गिरीका अनुसार गेटमा ठोक्किनुअगाडि उक्त गाडीले त्यहाँ रहेका विद्यार्थीहरूलाई ठक्कर दिएको थियो।

ठक्करबाट सर्लाही घर भई हाल काठमाडौंको कलंकी बस्दै आएकी ९ वर्षीया यादवको मृत्यु भएको उनले एसपी गिरीले बताए। 

ठक्करबाट गम्भीर घाइते भएकी सोनाक्षीलाई उपचारका लागि कलंकीकै शहिद मेमोरियल अस्पताल पुर्‍याइएको थियो।

दिउँसो १३:३६ बजे उनको मृत्यु भएको हो ।

उक्त गाडी कलंकी बस्ने ६० वर्षीय हर्कबहादुर खत्रीले चलाएका थिए।

दुर्घटनाबाट उनी पनि घाइते भएका छन्।

बल्खुको बयोधा अस्पतालमा उनको उपचार जारी रहेको एसपी गिरीले जानकारी दिए।

अनियन्त्रित भएको भ्यानले विद्यालयको प्राङ्गणमा ८ जना शिक्षक र विद्यार्थीलाई ठक्कर दिएपछि गेटमा ठोक्किएको थियो।

विद्यालयका प्रधानाध्यापक सामाखुशी बस्ने ४६ वर्षीय सुरज पोखरेल र विद्यार्थीहरू निकिशा डंगोल, ट्रिनिक्षा घर्ति, सिम्रन खड्का, नौसिया थापा, रेश्मा मोक्तान घाइते छन्।

उनीहरुको कलंकीकै विभिन्न अस्पतालमा उपचार भइरहेको एसपी गिरीले जानकारी दिए।

यसबारेमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *