त्रिभुवन विश्वविद्यालयको सभा असार २२ गते बस्ने

Thankot Times

थानकोट ।

मुलुककै जेठो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयले असार २२ गतेका लागि सभा (सिनेट) बोलाएको छ ।

त्यसका लागि प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले अनुमति दिएका हुन् ।

उक्त सभामा त्रिविको नीति तथा कार्यक्रम र बजेट पेस गरिने उपकुलपति प्रा.डा. खड्क केसीले जानकारी दिए ।

त्रिविले चालु आर्थिक वर्षका लागि २६ अर्ब १६ करोड ८७ लाख रुपैयाँ बराबरको बजेट ल्याएको थियो ।

जसमा नियमित कार्यक्रमतर्फ चालू र पुँजीगत रूपमा १३ अर्ब ७१ करोड ९७ लाख ८७ हजार बजेट छुट्याएको थियो ।

आन्तरिकतर्फ चालू तथा पुँजीगत गरी ११ अर्ब ३९ करोड ८९ लाख र विकास कार्यक्रममा एक अर्ब पाँच करोड छुट्याएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *