७० करोडको लगानीमा मातातिर्थमा जंगल महल वेलनेस रिसोर्ट, कोठामा हुने छैनन टेलिभिजन सेट

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिका-०८ मातातिर्थस्थित सशस्त्र प्रहरी प्रशिक्षण केन्द्रनजिकै जंगल महल वेलनेस रिसोर्ट सञ्चालनमा ल्याइएको छ ।

जग्गासहित ७० करोड रुपैयाँ लगानीमा निर्माण सम्पन्न रिसोर्ट पाँच वर्षअघि (२०२०) देखि नै निर्माण सुरु भएको थियो।

१६ रोपनी क्षेत्रफलमा फैलिएको रिसोर्ट कोभिड १९ र त्यसपछि जारी आर्थिक मन्दीका कारण निर्माण सम्पन्न हुन ढिलाइ भएको सञ्चालक समाजशास्त्री डा. दिनेश प्रसाईं भनाइ छ। प्रसाईं पोखरास्थित जल महल होटलका सञ्चालक समेत हुन् ।

नेपालसहित विश्व पर्यटन बजारमा पछिल्लो समय आयुर्वेद र योगा पर्यटनलाई पछ्याइरहेको अवस्थामा आफूले पनि त्यही ट्रेन्डलाई फलो गर्दै वेलनेस रिसोर्ट सञ्चालनमा ल्याएको प्रसाईंले बताए। वेलनेस रिसोर्ट काठमाडौंभित्रको सबैभन्दा बढी जंगल भएको दाबी उनको छ, क्यापिटल नेपालमा सुवास लोप्चनले खबर लेखेका छन् ।

रिसोर्टमा दुई वटा बेडरुम र एउटा बेडरुम भएका कोठा छन्।

कोठामा बस्नेलाई पूर्ण रुपमा प्राकृतिक आनन्द लिन टेलिभिजन राखिएको छैन्। तीमध्ये केही कोठाबाट जंगल नियाल्न सकिन्छ भने केहीबाट हिमाललाई। यो प्याकेजमा तीन छाक खाना र ब्रेकफास्टको व्यवस्था गरिएको हुन्छ।

रिसोर्टमा ४६ वटा कोठा रहेका छन्।

तीमध्ये ६ वटा आयुर्वेदका लागि प्रयोग भएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *