सुनको मूल्यमा गिरावट

Thankot Times

थानकाेट ।

नेपाली बजारमा आज सुनको मूल्य तोलामा २ हजार ५ सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज छापावाल सुन प्रतितोला एकलाख ९५ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

सोमबार सुन प्रतितोला एकलाख ९७ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले घटेर दुईहजार १ सय ६० रुपैयाँ कायम छ ।

सोमबार चाँदी प्रतितोला दुई हजार १ सय ६५ रुपैयाँमा कारोबार भएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *