सुनको मूल्य बढ्यो, आज १ तोला सुनको भाउ कति होला ?

Thankot Times

थानकोट ।

नेपाली बजारमा सुनचाँदीको मूल्य बढेर कारोबार भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ९ सय रुपैयाँ बढेर कारोबार भइरहेको छ ।

सुन प्रतितोला एक लाख ९५ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो मंगलबार सुन एक लाख ९५ हजार रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य ६५ रुपैयाँ बढेर दुई हजार २ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ ।

मंगलबार चाँदी प्रतितोला दुई हजार १ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *