१ करोड २९ लाख बराबरको बैंकिङ कसुर मुद्दाका फरार चन्द्रागिरिका कार्की पक्राउ
थानकोट।
एक लाख ५ हजार बराबरको बैंकिङ कसुर मुद्दामा नुवाकोट घर भएकी ३४ वर्षीया अस्मिता तामाङ पक्राउ परेकी छिन् ।
उनलाई थप अनुसन्धानका लागि प्रहरी वृत्त महाराजगञ्ज पठाइएको छ ।
यसैगरी १ करोड २९ लाख रुपैयाँ बराबरको बैंकिङ कसुर मुद्दाका फरार आरोपी पनि पक्राउ परेका छन् ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार पक्राउ पर्नेमा चन्द्रागिरि नगरपालिका घर भएका श्यामकुमार कार्की छन् ।
उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कलंकीबाट पक्राउ गरेको हो ।
पक्राउ परेका उनलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको छ ।













