महानगर यातायातको नाममा काठमाडाैंका सडकमा ‘नक्कली महानगर’ दाैडन थालेपछि…

Thankot Times

थानकोट ।

काठमाडाैं चक्रपथ रुटमा तथा थानकोट-धुलिखेल रुटमा नियमित रुपमा यात्रु बस सञ्चालन गरिरहेको महानगर यातायातका अध्यक्ष सन्तोष खतिवडाले नक्कली महानगर यातायातका कारण कम्पनी तथा यात्रुहरूले समस्या झेल्नुपरेको बताएका छन् ।

नाम, रङ्ग र डिजाइनसमेत नक्कलगरी एउटै रूटमा सञ्चालन गरिएको विषयमा पटक-पटक सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदासमेत कुनै कारबाही नभएको अध्यक्ष खतिवडाले गुनासो गरेका हुन् ।

विद्यामान नियम, कानुनको धज्जी उडाउँदै महानगर यातायात सञ्चालनको सुरूवाती दिनदेखि नै नक्कली महानगर यातायात सोही रूटमा सञ्चालन हुनु र नियमनकारी निकायले ध्यान नदिने दुःखको विषय भएको उनको भनाइ छ ।

सडक दुर्घटना, सामान छुट्नेलगायतका घटनामा पीडित यात्रुले न्याय पाउन नसकिरहेको अवस्थासँगै महानगर यातायातले पनि अनावश्यक झण्झट व्यहोर्नु परेको उनको दाबी छ ।

अध्यक्ष खतिवडाले लाखौं यात्रुको सेवा र सुरक्षासँग जोडिएको विषय भएकाले अब उपरान्त महानगरको नाम र डिजाइन सवारी साधनबाट नहटाएमा क्षतिपूर्तिको मागसहित कानूनी कारबाही गर्नसमेत पछि नपर्ने चेतावनी दिए ।

उनले राजधानीमा सार्वजनिक यातायातको व्यवस्थित अभ्यास गरिरहेको महानगर यातायातले निकट भविष्यमै आईपीओ जारी गर्ने तयारी गरिरहेको जानकारी दिए ।

हाल महानगर यातायातका ८९ बसले सेवा दिइरहेको कम्पनीको भनाइ छ ।

थानकोट-धुलिखेल सिधा यात्रु बस सेवा सुरु, महानगर यातायातका ४० बस गुड्ने

 

थानकोटबाट धुलिखेलसम्म यात्रु बस सेवा सुरु हुँदै, महानगर यातायातले गुडाउँदैछ ४० वटा बस


Leave a Reply

Your email address will not be published. Required fields are marked *