चन्द्रागिरि नगरको साेह्राैं अधिवेशन सुरु, आगामी वर्षका लागि नीति तथा कार्यक्रम पेश

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिकाको नगरसभाको साेह्राैं अधिवेशन सुरु भएको छ ।

बुधबारबाट नगरको साेह्राैं अधिवेशन सुरु भएको हो ।

अधिवेशनको पहिलो दिन नगरको आगामी वर्षका लागि नीति तथा कार्यक्रम पेश भएको छ । नगरउपप्रमुख बसन्ती श्रेष्ठले नगरको नीति तथा कार्यक्रम सभा सदस्यहरू माझ सार्वजनिक गरेकी हुन् । जसमाथि नगर सभा सदस्यहरूले आ-आफ्नो धारणा राखेका थिए । नगर सभा सदस्यहरूले राखेको धारणा तथा जिज्ञासामाथि नगरप्रमुख घनश्याम गिरीले जवाफ दिएका थिए ।

साेह्राैं नगर सभा अधिवेशन अन्तर्गतको दोश्रो बैठक आउँदो आइतबार (असार ८) बस्ने छ ।

तस्वीरः नगर उपप्रमुख बसन्ती श्रेष्ठको सचिवालय


Leave a Reply

Your email address will not be published. Required fields are marked *