चन्द्रागिरिका दुईसहित ३ जना युवा भक्तपुरमा लागुऔषधसहित समातिए

Thankot Times

थानकोट ।

भक्तपुर नगरपालिका-१ सल्लाघारीबाट अवैध लागूऔषध पोलेन करिब ५ किलो ४ सय ग्राम सहित ३ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा धादिङ गल्छी गाउँपालिका-५ घर भएका २३ वर्षीय सुरविर तामाङ, नैकाप बस्ने २० वर्षीय सुमन तामाङ र चन्द्रागिरि बस्ने २६ वर्षीय कमल तामाङ रहेका छन् ।

जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

साथै, कमलले प्रयोग गरेको मोटरसाइकल १ थान प्रहरीले बरामद गरेको छ ।

यसबारेमा थप अनुसन्धान भइरहेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *