कलंकीदेखि सिस्ने खोलासम्मको सडक ११-११ मिटरको कायम गर्ने चन्द्रागिरि नगरको निर्णय

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरको कार्यपालिका बैठकले त्रिभुवन राजपथको कलंकी (खडकुले पुल) देखि नागढुङ्गा- पिपलामोड (सिस्ने खोला) सम्मको मुख्य सडक खण्डको सडक केन्द्रबाट दायाँ बायाँ सडकको मापदण्ड कायम गर्ने निर्णय गरेको छ ।

यस सम्बन्धमा विस्तृत अध्ययन र छलफलपश्चात चन्द्रागिरि नगरपालिकाको कार्यपालिकाको २०८२ बैशाख २५ गतेको बैठकबाट निश्चित आधारहरुसहित उक्त सडकको केन्द्रबाट दायाँ बायाँ ११-११ मिटरको मापदण्ड कायम गर्ने निर्णय भएको  नगरप्रमुख घनश्याम गिरीले सामाजिक सञ्जालमार्फत जानकारी गराएका हुन् ।

साथै उनले नगरको सो निर्णय सो कार्यान्वयनका लागि सम्बन्धित निकायमा आवश्यक प्रकिया अगाडि बढाउने समेत जानकारी दिएका छन् ।

चन्द्रागिरि नगर कार्यपालिकाले यी यी कारण त्रिभुवन राजपथको कलंकी (खडकुले पुल) देखि नागढुङ्गा- पिपलामोड (सिस्ने खोला) सम्मको मुख्य सडकको मापदण्ड ११-११ मिटर बनाउने निर्णय गरेको होः 


Leave a Reply

Your email address will not be published. Required fields are marked *