सुन चाँदीको मूल्य घट्यो

Thankot Times

थानकोट ।

सुन-चाँदीको मूल्यमा आज गिरावट आएको छ।

विगत केही दिनदेखि उच्च वृद्धि भएको सुनचाँदीको मूल्यमा बिहीबारदेखि सामान्य गिरावट आएको हो ।

बिहीबारको तुलामा सुन र चाँदी आज क्रमशः ८ सय र ५० रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मोल १ लाख ९४ हजार ७ सय कायम भएको छ।
यसैगरी एक तोला चाँदीको मूल्य २ हजार १ सय ५० निर्धारण भएको छ ।
बिहीबार प्रतितोला सुन १ लाख ९५ हजार ५ सय र चाँदी २ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *