हेटाैंडामा फुटबल रेफ्री तालिम सुरू

थानकोट ।

बागमती प्रदेश खेलकुद विकास परिषद्को आयोजना र अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को प्राविधिक सहयोगमा मकवानपुरको हेटौडामा रेफ्री तालिम सुरु भएको छ।

तीन महिलासहित ४१ जना सहभागी रहेको यस तालिम सात दिनसम्म सञ्चालन हुनेछ ।

तालिममा प्राविधिक पक्षबारे कल्पना शर्मा, सचिन हमातिया र रोजन श्रेष्ठले प्रशिक्षण दिने तयारी छ । शारीरिक पक्षको प्रशिक्षण वीरेन्द्रबहादुर पाण्डेले दिनेछन्।

तालिमको उद्घाटन हेटौडा उपमहानगरपालिका प्रमुख विनाकुमारी लामाले सो तालिम कार्यक्रमको उद्घाटन गरेकी हुन् । सो क्रममा एन्फा कार्यसमिति सदस्य टिका लामा, बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य अमृत लुम्बा लगायतको उपस्थिति रहेको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *