नागार्जुन नगरका मेयर बस्नेत घुस लिएको आरोपमा दोषी ठहर

Thankot Times

थानकोट ।

काठमाडाैंको नागार्जुन नगरपालिकाका निलम्बित मेयर मोहनबहादुर बस्नेतलाई शुक्रबार विशेष अदालतले घुस लिएको आरोपमा दोषी ठहर गरेको छ ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य रामबहादुर थापाको इजलासले बस्नेतलाई घुस लिएको आरोपमा दोषी ठहर गरेको हो ।

विशेष अदालतले बस्नेतले राजु कँडेलबाट ९ करोड २२ लाख रुपैयाँ लिएको ठहरसहित सम्पती शुद्धिकरण (अपराधबाट आर्जित सम्पती लुकाएको कसुर) मा समेत दोषी ठहर गरेको छ ।

विशेषले बस्नेतमाथि १३ करोड १२ लाख रुपैयाँ ‘सम्पती शुद्धिकरण’ गरेको ठहर गरेको हो । 

विशेषले मोहनबहादुर पत्नी उर्मिलालाई भने आरोपबाट सफाइ दिएको छ । बस्नेतलाई कैद सजाय तोक्नका लागि विशेष अदालतले १६ असारमा अर्को पेसी तोकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *