चन्द्रागिरि वडा नं ५ मा एक व्यक्ति मृत फेला

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिका –५ किसिपिडी स्थित एक घरमा एक व्यक्ति झुण्डिएको अवस्थामा मृत फेला परेका छन ।

शुक्रबार बिहान करिब साढे ११ बजे महोत्तरी जिल्ला बर्दिवास नगरपालिका – १० घर भई हाल किसिपिडीमा डेरा गरि बस्ने ३२ वर्षिय ओम बहादुर सुनुवार मृत फेला परेका हुन् ।

चन्द्रागिरि –५ स्थित प्रदिप सुनवारको घरको भुईतला कोठामा डेरा गरी बस्ने सुनुवारले पंखा झुण्ड्याउने फलामको हुकमा प्लाष्टीकको डोरीको पासो लगाई झुण्डिएर मृत्यु भएको अवस्थामा रहेको थाहा पाएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

प्रहरी वृत्त थानकोटबाट प्रहरीको टोली घटना स्थलमा पुगी घटना शवको जाँच र मुचुल्का उठाई पोस्टमार्टमको लागी महाराजगंज स्थित टिचिङ अस्पताल लागिएको प्रहरीले जानकारी दिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *