जान्नुहोस् आज शनिबार दिनभरको माैसम पूर्वानुमान

Thankot Times

थानकोट ।

देशका केही भू-भागमा आज वर्षाको सम्भावना छ ।

अधिकांश भू-भागमा मनसुन फैलिसकेको अवस्थामा हल्कादेखि धेरै भारीसम्म वर्षाको सम्भावना छ । 

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । 

पहाडी भू-भागको केही स्थानमा तथा बाँकी भू-भागको थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

कोसी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।

उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का वर्षा र  हिमपातको सम्भावना छ ।

विभागले राति देशभर आंशिकदेखि साधारणतया बदली रहने बताएको छ । पहाडी भू-भागका केही स्थानमा तथा बाँकी भू-भागको थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

कोसी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ । 

उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का वर्षा र  हिमपातको सम्भावना रहेको छ ।

विभागका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *