महिला कराँते प्रतियोगितामा बेसिक लर्निङ्ग टीम च्याम्पियन

Thankot Times

थानकोट ।

महिला हिंसा तथा दुर्व्यहार विरुद्धको अभियान अन्तर्गत कीर्तिपुरमा आयोजित महिला कराँते प्रतियोगितामा चन्द्रागिरि नगरपालिका-१० स्थित बेसिक लर्निङ्ग इग्लिस सेकेन्डरी स्कूलले पहिलो स्थान हात पारेको छ ।

टीम च्याम्पियन बनेको बेसिकका खेलाडीहरूले ५ स्वर्ण, ४ रजत र ५ कास्य पदक जितेको विद्यालयले जनाएको छ ।

पाँगा पार्टी भेन्यूमा शनिबार सम्पन्न प्रतियोगितामा विभिन्न ८ टोलीको सहभागिता रहेको थियो । जहाँ बेसिकका प्रिन्सी पोखरेल, समिक्षा तामाङ, सिपोरा बिशंखे (एकल काता) र रिया भूलले स्वर्ण पदक चुम्दा साफिरा तामाङ, रञ्जना गैरे, प्रदिक्षा घिसिङ र दीप्तिका घोरासैनीले रजत पदक जितेको विद्यालयले जनाएको छ । यस्तै,रुदिक्क्षा श्रेष्ठ, समीक्षा तामाङ, रिया जयसवाल, उदीप्ति तामाङ र प्रेक्क्ष्या महर्जनले कास्य पदक जितेका हुन् ।

प्रतियोगितामा पदक विजेताहरुलाई कीर्तिपुर नगरकी उपमेयर शुभलक्ष्मी शाक्य सुनिताले पुरस्कार वितरण गरिन् ।

यसअघि बागमती प्रदेश सभा सदस्य पुकार महर्जनले प्रतियोगिताको उद्घाटन गरेका थिए ।

संजय सिंह खेलकुद प्रतिष्ठानले प्राविधिक सहयोग पुर्याएको प्रतियोगिता कीर्तिपुर नगरपालिका वडा नं. ८ को कार्यालयले आयोजना गरेको हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *