कतै यात्रा गर्दै हुनुहुन्छ ? माैसम पूर्वानुमान महाशाखा भन्छ साथमा छाता वा वर्षादी भिर्न नभुल्नुहोला

Thankot Times

थानकोट ।

देशका केही स्थानमा  भारी वर्षाको सम्भावना छ ।

 मौसम पूर्वानुमान महाशाखाले आज देशभर आंशिकदेखि साधारणतया बदली (आकाशमा बादल/वर्षा) रहने जनाएको छ ।

दिउँसो कोसी प्रदेशका पहाडी भूभाग, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । “बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भूभागको धेरै स्थानहरूमा तथा बाँकी भूभागको केही स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ,” महाशाखाले आइतबार बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ । 

यस्तै, देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थान हल्का वर्षा/हिमपातको सम्भावना छ ।

महाशाखाले आज राति पनि देशभर आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ । कोसी, मधेस र बागमती प्रदेशका थोरै स्थानमा धेरै भारी वर्षाको सम्भावना छ । गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

“कोसी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश प्रदेशका धेरै स्थानहरू र बाँकी प्रदेशका केही स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ,” महाशाखाले भनेको छ ।

राति देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा/हिमपातको सम्भावना रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *