पेट्रोलियम ट्याङ्कर चालक संघले आज थानकोटमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्दै

थानकोट ।

नेपाल पेट्रोलियम ट्याङ्कर चालक संघले आज थानकोटमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्दैछ ।

थानकोटस्थित नेपाल आयल निगमको बागमती प्रादेशिक कार्यालय नजिकै संघले एक दिने स्वास्थ्य शिविर सञ्चालन गर्न लागेको हो ।

पेट्रोलियम पदार्थ ढुवानीमा खटिने ट्याङ्कर चालक तथा सहचालकको स्वास्थ्यको विशेष ख्याल राख्दै सो शिविर आयोजना गर्न जमर्को गरेको संघका अध्यक्ष इश्वर लामाले थानकोट टाइम्सलाई जानकारी दिए ।

शिविरमा ट्याङ्कर चालक तथा सहचालकको रक्तचाप, मधुमेह, आँखा, दाँत लगायत जाँच हुने बताइएको छ ।

बिहान ८ बजेबाट सुरु हुने शिविर दिउँसो २ बजेसम्म जारी रहनेछ ।

नेपाल आयल निगमको थानकोट डीपोमा इन्धन ढुवानी गर्ने ४ सय भन्दा धेरै चालकहरू सो संघमा आबद्ध भइसकेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *