सुनकाे भाउ बढ्याे
थानकोट ।
नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ ।
आज सुन तोलामा ५ सय रुपैयाँ बढेपछि १ लाख ९५ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
पछिल्लो काराेबार दिन गत शुक्रबार सुनकाे भाउ तोलामा १ लाख ९४ हजार ७ सय रुपैयाँ कायम भएको थियो ।
आज चाँदीकाे भाउ तोलामा २ हजार १ सय ६० रुपैयाँ कायम छ।












