मोटरसाइकल चोरी गर्ने एक जना युवा टोखाबाट पक्राउ

Thankot Times

थानकोट ।

काठमाडौँको टोखा नगरपालिका-९ विनायक हस्पिटलस्थित सडकबाट आइतबार मोटरसाइकल चोरीमा संलग्न एक जनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।

नियन्त्रणमा आउनेमा नुवाकोटको सूर्यगढी गाउँपालिका–३ चोगते बस्ने २९ वर्षीय कुमार लामा रहेका छन् । 

वास्तविक नम्बर बागमती प्रदेश ०२-०५० प १९०० रहेको मोटरसाइकलको नम्बर परिवर्तन गरी बागमती प्रदेश ०२-०४९ प २४ ६८ राखी चलाइरहेको अवस्थामा फेला पारी ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो । 

उक्त मोटरसाइकल रामेछापको उमाकुण्ड गाउँपालिका १ का छेवाङ शेर्पाले काठमाडौँ महानरपालिका ६ कपन भृकुटीचोकबाट हराएको भनी काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा खोजतलासको लागि निवेदन दिएका थिए ।

नियन्त्रणमा आएका लामालाई आवश्यक अनुसन्धानका लागि प्रहरी वृत्त बौद्ध पठाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक दीपक गिरीले जानकारी दिए  ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *