काठमाडाैंमा गएराति भीषण वर्षा

Thankot Times

थानकोट ।

काठमाडौंसहित देशका अधिकांश स्थानमा आइतबार राति वर्षा भएको छ । वर्षासँगै नदी, खोलाको जलसतह बढेको छ ।

आइतबार राति काठमाडौंस्थित बागमती नदी गौरीघाट, धोबीखोला चाबहिल जलमापन केन्द्रमा हालको जलसतह सतर्कता तह पार गरेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

जलसतह बढ्दो क्रममा रहेको छ । नदी किनारको बाटो भइ यात्रा गर्ने र नदीको तटीय क्षेत्रमा रहनेले सतर्कता अपनाउन विभागको आग्रह छ ।

विभागले असार ८ गते राति ११:३० बजे जारी गरेको सूचनामा भनिएको छ, “काठमाडौंस्थित वाग्मती नदी गौरीघाट, धोबीवीखोला चाबहिल जलमापन केन्द्रमा हालको जलसतह सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकाले नदी किनारको बाटो भइ यात्रा गर्ने र नदीको तटीय क्षेत्रमा रहनुहुनेहरुले सतर्कता अपनाईराखौँ ।”


Leave a Reply

Your email address will not be published. Required fields are marked *