नेपाली बजारमा सुनको मूल्य स्थिर रहँदा चाँदीको मूल्य बढ्यो

Thankot Times

थानकोट ।

कारोबार हुने यस साताको दोश्रो दिन आज सोमबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसदिन छापावाल सुनको भाउ आइतबारकै मूल्यमा कारोबार भइरहेको हो ।

हिजो छापावाल सुनको भाउ तोलामा १ लाख ९५ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको थियो । 

बजारमा छापावाल सुन प्रति १० ग्रामको भाउ १ लाख ६७ हजार ३ सय ३५ रुपैयाँ कायम भएको छ । 

सोमबार चाँदीको मूल्य अघिल्लो कारोबार दिन (आइतबार)को तुलनामा तोलामा १० रुपैयाँ बढेको छ ।

जसअनुसार यसदिन चाँदीको भाउ तोलाको २ हजार १ सय ७० रुपैयाँमा कारोबार भइरहेको हो । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *