सुर्खेतबाट खाली खुट्टा हिँडेर काठमाडौं आइपुगेका बोहराले प्रचण्डलाई भेटे
थानकोट ।
सुर्खेतबाट खाली खुट्टा हिँडेर काठमाडौँ आइपुगेका अभियानकर्मी नवराज बोहराले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेका छन् ।
सुर्खेतदेखि एक महिनाको लामो पैदल यात्रा गरी आइपुगेका बोहोराले आज बिहान ‘प्रचण्ड’सँग भेट गरेका हुन् ।
वातावरण संरक्षण, कर्णालीको समग्र विकास, अनियमितता तथा भ्रष्टाचारविरुद्ध खबरदारी गर्दै सुशासन कायम गर्ने एजेन्डा लिएर बोहोरा काठमाडौँ आएका हुन् ।
भेटमा अध्यक्ष ‘प्रचण्ड’ले बोहोराको अभियान माओवादी केन्द्रको अभियानसँग मेल खाने उल्लेख गर्दै, आफू सरकारले रहँदा कर्णालीको समृद्धिका लागि गरेका पहलहरूले त्यसको प्रमाण भएको बताए ।बोहोराको अभियानलाई साथ दिने प्रतिबद्धता व्यक्त गर्दै ‘प्रचण्ड’ले अभियान जारी राख्न आग्रह गरे।


















