सुनकाे मूल्यमा गिरावट
थानकोट ।
नेपाली बजारमा आज मंगलबार सुनको मूल्य अघिल्लो दिनको तुलनामा घटेको छ ।
सुनको मूल्य तोलामा यस दिन एक हजार ७ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबार छापावाल सुनको मूल्य तोलाको एक लाख ९३ हजार ५ सय रुपैयाँ कायम छ ।
हिजाे सोमबार छापावाल सुन प्रतितोला एक लाख ९५ हजार २ सय रुपैयाँमा किनबेच भएको थियो ।
मंगलबार चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको छ ।
आज चाँदी प्रतितोला दुई हजार १६० रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ ।
हिजाे सोमबार चाँदी प्रतितोला दुई हजार १ सय ७० रुपैयाँमा कारोबार भएको थियो ।












