त्रिभुवन राजपथको लामीडाँडा-सिमभन्ज्याङ सडक खण्ड असार १३ र १४ मा आंशिक बन्द हुने
थानकोट ।
त्रिभुवन राजपथअन्तर्गत मकवानपुरको लामीडाँडा-सिमभञ्ज्याङ सडक खण्डमा यही असार १३ र १४ गते ४ घण्टाका लागि सवारी आवागमन पूर्ण रूपमा बन्द गरिने भएको छ ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरले सार्वजनिक सूचना जारी गर्दै उक्त सडकखण्डको रानी भञ्ज्याङ मोडमा सडक मर्मत तथा ह्युम पाइप बिच्छ्याउने कार्यका लागि ती दिन मध्यान्ह १२बजेदेखि ४ बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाइने जनाएको हो।
मकवानपुरक सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्र प्रसाद कँडेलले जिल्ला प्रहरी कार्यालय मकवानपुर, ट्राफिक प्रहरी तथा सुरक्षासम्बन्धी अन्य निकायलाई आवश्यक समन्वय र व्यवस्था मिलाउन अनुरोध समेत गरेका छन् ।



















