त्रिशूली नदीमा हामफालेकी गिरी अझै फेला परिनन्

Thankot Times

थानकोट ।

धादिङको गल्छी गाउँपालिका-१ स्थित त्रिशूली नदीमा एक महिला हामफालेर बेपत्ता भएकी छन् ।

बुधबार बिहान अन्दाजी ५६ वर्षीया साइँली गिरी नदीमा हामफालेको बताइएको छ ।

उनी बेपत्ता भएको खबरसँगै सशस्त्र प्रहरीले खोजी कार्य सुरु गरेको जनाएको छ ।

सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन बेस आदमघाटबाट सशस्त्र प्रहरी नायव निरीक्षक वीरेन्द्र कुमार मण्डलको कमाण्डामा विपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षा फौज परिचालित गरिएको सशस्त्र प्रहरीको भनाइ छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ