सुनको भाउ ओरालो लाग्ने क्रम जारी

Thankot Times

थानकोट ।

कारोबार हुने यस साताको चाैथो दिन आज नेपाली बजारमा सुनको भाउ अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला १ हजार ५ सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बुधबार सुनको भाउ प्रतितोला एक लाख ९२ हजार रुपैयाँ कायम गरिएको छ । अघिल्लो दिन यही परिमाणमा सुन किन्न उपभक्ताले १ लाख ९३ हजार ५ सय रुपैयाँमा खर्चन परेको थियो ।

आज चाँदीको मूल्य तोलामा अघिल्लो दिनको तुलनामा २० रुपैयाँ घटेर कारोबार हुँदा उपभोक्ताले यस दिन १ तोला चाँदी किन्न २ हजार १ सय ४० रुपैयाँ गन्नु पर्नेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *