गुर्जुधारा यातायात कार्यालय क्षेत्रबाट समातिए ६ जना युवा, लाग्यो यस्तो आरोप
थानकोट ।
चन्द्रागिरि नगरपालिका-५ गुर्जुधारास्थित यातायात व्यवस्था कार्यालय क्षेत्रबाट प्रहरीले ६ जना युवाहरूलाई पक्राउ गरेको छ ।
मोटरसाइकल सम्बन्धी कामको सिलसिलामा आउने सेवाग्राहीहरूसँग उनीहरूले ‘छिटो काम गरिदिन्छौँ’ भनेर हैरानी दिने गरेको आरोप छ ।
उनीहरू मंगलबार पक्राउ परेका हुन् ।
आरोपीहरुविरुद्ध अभद्र व्यवहार सम्बन्धी कसुरमा जिल्ला प्रशासन कार्यालयबाट ५ दिनको म्याद लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले थानकोट टाइम्सलाई बताए ।
पक्राउ पर्नेमा १९ देखी २९ वर्षसम्मका युवा छन्।












