बागमती किनारमा मृत अवस्थामा भेटिए निरोज
थानकोट ।
दक्षिणकाली नगरपालिका-१ भैंसीबजार नजिकै बागमती नदी किनारमा एक पुरुषको शव फेला परेको छ ।
प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार मृतक ललितपुर महानगरपालिका-१४ थसिखेलका ३४ वर्षीय निरोज ढुंगाना मृत फेला परेका हुन्।
ढुंगाना मृत भेटिएको घटनाबारे आवश्यक अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।
घटनाको कारण र अन्य विवरणहरू सार्वजनिक भइनसकेको जनाइएको छ।


















