मन्त्रालयमा प्रविष्ट छैन चन्द्रागिरि नगरपालिकाको नयाँ बजेट !

Thankot Times

थानकोट ।

देशभरका ७५३ पालिका मध्ये ७११ वटा स्थानीय तहले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट ल्याएका छन् ।

४२ वटा स्थानीय तहले भने निर्धारित समय सीमा असार १० भित्र बजेट प्रस्तुत गर्न सकेनन् ।

७ सय ११ स्थानीय तहले बजेट निर्धारित समयमा ल्याए पनि धेरैले मन्त्रालयमा प्रविष्ट गरेका छैनन् ।  

स्थानीय तहहरूले ल्याएको बजेट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा प्रविष्ट गर्नुपर्ने हुन्छ ।

मन्त्रालयमा बजेट प्रविष्ट गरेपछि जुनसुकै पालिकाको बजेटको तथ्याङ्क संघीय मामिला मन्त्रालयमा उपलब्ध हुन सक्छ । 

तर धेरै जसो स्थानीय तहले मन्त्रालयमा बजेट प्रविष्ट गर्ने गरेका छैनन् ।   बजेट ल्याउने अन्तिम दिन मंगलबार भएता पनि बुधबार मध्यान्हमा जम्मा २६१ वटा स्थानीय तहले मात्रै मन्त्रालयमा बजेट प्रविष्ट गरेका छन् ।  ७५३ स्थानीय तहमध्ये मन्त्रालयमा ४९२ वटा स्थानीय तहले बजेट मन्त्रालयमा प्रविष्ट नगरेका हुन् ।

बजेट सार्वजनिक गरेर पनि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा प्रविष्ट नगर्नेको सूचीमा काठमाडाैंका कागेश्वरी मनोहरा, चन्द्रागिरि नगरपालिका, तारकेश्वर नगरपालिका, दक्षिणकाली नगरपालिका र शंखरापुर नगरपालिका छन् । 

चन्द्रागिरि नगरपालिकाले असार ८ मै आर्थिक वर्ष २०८२/०८३का लागि अनुमानित बजेट पेश गरेपनि मन्त्रालयको वेभसाइटमा विवरण प्राप्त नभएको उल्लेख छ ।

स्रोत अनुमान बिना बजेट ल्याइएको भन्दै नेकपा एमालेबाट निर्वाचित उपमेयरसहित, कार्यपालिका र नगर सभा सदस्यहरूले चन्द्रागिरि नगरपालिकाको नगरसभा बहिष्कार गरेपछि सभाध्यक्ष एवं मेयर घनश्याम गिरीको अनुमतिमा नगरप्रवक्ता कृष्णप्रसाद खड्गीले नगरको १६औं नगर सभाको दोश्रो बैठकमा गत आइतबार आर्थिक वर्ष २०८२/८३ का लागि अनुमान गरिएको बजेट वाचन गरेका थिए ।

आगामी आर्थिक वर्ष (२०८२/८३) का लागि चन्द्रागिरि नगरपालिकाले २ अर्ब ९३ करोड ४६ लाख रुपैयाँको बजेट प्रस्ताव गरेको छ ।

आर्थिक वर्ष २०८२-८३ का लागि चन्द्रागिरि नगरको बजेट २ अर्ब ९३ करोड ४६ लाख प्रस्ताव


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ