सुन चाँदीको मूल्य बढ्यो

Thankot Times

थानकोट ।

कारोबार हुने यस साताको पाँचाैं दिन बिहीबार नेपाली बजारमा सुनको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा बढेको छ ।

यसदिन सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार छापावाल सुनको मूल्य तोलाको एक लाख ९२ हजार ३ सय रुपैयाँ कायम छ ।

हिजो बुधबार छापावाल सुन प्रतितोला एक लाख ९२ हजारमा किनबेच भएको थियो ।

बुधबारको तुलानामा बिहीबार चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँले बढेको छ ।

यसदिन चाँदी प्रतितोला दुई हजार १ सय ७५ रुपैयाँमा खरिद-बिक्री भइरहेको महासंघले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *