मतदाता नामावलीमा छुटेकाहरूलाई नाम दर्ता गराउन निर्वाचन आयोगको आह्वान

Thankot Times

थानकोट ।

निर्वाचन आयोगले मतदाता नामावलीमा नाम दर्ता गर्न छुट भएकाहरूलाई नाम दर्ता गराउन आह्वान गरेको छ।

आयोगका सहायक प्रवक्ता दुर्गाप्रसाद चालिसेले बुधबार एक विज्ञप्तिमार्फत उपनिर्वाचनको मिति घोषणा गर्ने तयारी भएकाले नाम दर्ता गर्न आह्वान गरेका हुन्।

‘निर्वाचनको मिति घोषणा भएपछि मतदाता नामावली दर्ता कार्य रोकिने भएकाले मतदाता नामावलीमा नाम दर्ता गर्न छुट भएका व्यक्तिहरूले मतदाता नामावलीमा नाम दर्ता गराउन निर्वाचन आयोग, नेपाल सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक अनुरोध गर्दछ,’ विज्ञप्तिमा भनिएको छ।

प्रतिनिधि सभातर्फ रूपन्देही क्षेत्र नम्बर ३, गण्डकी प्रदेश सभाको मनाङ १ (२) रिक्त छ। त्यस्तै, स्थानीय तहमा १३ वटा पद रिक्त छ।

आयोगका पदाधिकारले गएको असार ६ गते आगामी कात्तिक दोस्रो साता उपनिर्वाचन गर्ने गरी प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफलसमेत गरेका थिए।

उपनिर्वाचनको मिति घोषणा हुन बाँकी छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ