चन्द्रागिरि प्याब्सन अन्तर विद्यालय कविता लेखनमा हाई न्यू भिजनका आदर्श विज्ञान पहिलो
थानकोट ।
चन्द्रागिरि प्याब्सन अन्तर विद्यालय कविता लेखन तथा वाचन प्रतियोगितामा हाई न्यू भिजन एकेडेमीका आदर्श विज्ञान खड्काले पहिलो स्थान हात पारेका छन् ।
मेरो प्यारो देश नेपाल शीर्षकमा आयोजित प्रतियोगितामा चन्द्रागिरि नगरपालिका-१० सतुङ्गलस्थित हाई न्यू भिजन एकेडेमीमा कक्षा ७ मा अध्ययनरत छात्र आदर्श विज्ञान खड्का पहिलो भएको प्याब्सन चन्द्रागिरि नगरले जनाएको छ ।
यस्तै, चन्द्रागिरि-११ सतुङ्गलस्थित एम्ब्रोजिया आइडियल सेकेण्डरी स्कूलमा कक्षा ९ मा अध्ययनरत सम्पूर्ण काफ्लेले दोश्रो स्थान हात पार्दा नैकापस्थित ब्राइट फ्यूचर मावि र बलम्बुस्थित विद्याश्री एकेडेमीका छात्राहरू क्रमश प्रिसा लेखक र श्रीया पाैडेलले समान तेस्रो स्थान प्राप्त गरे ।
प्रतियोगिताका विजेता तथा सहभागीहरूका लागि प्याब्सन काठमाडाैंका प्रमुख सल्लाहकार प्रेम कुमार राई (परिक्षित), प्याब्सन काठमाडाैं जिल्ला उपाध्यक्ष सूर्य बहादुर के.सी. लगायतले पुरस्कार वितरण गरेका थिए ।
कार्यक्रममा निरञ्जन ढकाल, सबिता रेग्मी र माधवप्रसाद देवकोटाले निर्णायकको भूमिका निभाएका थिए ।













