आज मदन भण्डारी जयन्ती, नैकापमा हुने वृक्षारोपणमा सहभागी हुँदै प्रधानमन्त्री ओली

Thankot Times

थानकोट ।

नेपाल कम्युनिष्ट पार्टीका तत्कालीन महासचिव मदन भण्डारीको ७५ औँ जन्म जयन्ती शनिबार विविध कार्यक्रम आयोजना गरि मनाइँदैछ ।

सो अवसरमा युवा संघ नेपालले संयोजन गरेको वृक्षारोपणमा सहभागी हुने कार्यक्रम रहेको नेकपा एमाले चन्द्रागिरि नगर कमिटि अध्यक्ष उत्तम बहादुर राउतले जानकारी दिए ।

नैकापस्थित मदन भण्डारी स्मृति पार्कमा सो कार्यक्रम बिहान ८ बजेबाट सुरु हुने बताइएको छ ।

यद्यपी प्रधानमन्त्री ओली बिहान ९ बजे वरपर कार्यक्रमलस्थल आइपुग्ने बताइएको छ ।

वृक्षारोपणमा सहभागी हुनुअघि प्रधानमन्त्री ओली नागार्जुन नगरपालिका-७ मा निर्मित नेकपा एमालेकै नेता एवं पूर्वप्रधानमन्त्री मनमोहन अधिकारीको शालिक अनावरणमा उपस्थित हुने कार्यक्रम छ ।

नेकपा एमाले चन्द्रागिरि नगरपालिका वडा नं. १३ कमिटिले वृक्षारोपणको सबै तयारी सकिएको जनाएको छ ।

काठमाडाैं क्षेत्र नं. ९ अन्तर्गत पर्ने यी क्षेत्र २०७९ सालको निर्वाचनमा काठमाडाैं जिल्लामा नेकपा एमालेका उम्मेदवार निर्वाचित भएको एकमात्र निर्वाचन क्षेत्र भएकोले पनि प्रधानमन्त्री ओलीले यस क्षेत्रलाई थप महत्वका साथ लिएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *