चन्द्रागिरि नगरका मेयर घनश्याम गिरी आज स्पेन जाँदै, असार २१ मा स्वदेश फर्कने

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिका प्रमुख मेयर घनश्याम गिरी संयुक्त राष्ट्र संघको संयुक्त राष्ट्र पर्यावरण कार्यक्रम (यूएनएपी)ले जुन ३० देखी जुलाइ ३ सम्म स्पेनको सेभिल्लामा आयोजना गर्ने विकासको लागि वित्तपोषण सम्बन्धी चाैथो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुने आज शनिबार त्यसतर्फ प्रस्थान गर्दैछन्।

सो सम्मेलनमा नेपालका तर्फबाट सहभागी हुने उनी एकमात्रै मेयर हुने बताइएको छ ।

जहाँ उनले उच्चस्तरीय बैठकसहित विभिन्न तीनवटा कार्यक्रममा मन्तव्य दिने तालिका रहेको बताइएको छ । सम्मेलनमा भाग लिन मेयर गिरी शनिबार साँझ ६ बजे कतारको राजधानी दोहा हुँदै स्पेनको बार्सिलोनाका लागि उड्नेछन् ।

आइतबार बिहान उनी बार्सिलोनाबाट सेभिल्लाका लागि प्रस्थान गर्नेछन् ।

मेयर गिरी असार २१ गते बिहान ९ः४५ बजे काठमाडाैं अवतरण गर्ने तालिका छ ।

आफ्नो स्पेन भ्रमणको जानकारी दिन नगरप्रमुख गिरीले हिजो शुक्रबार नगरकार्यपालिका बैठक डाकेका थिए ।

आर्थिक वर्ष २०८२-८३ का लागि  नगर सभामा पेश भएको अनुमानित बजेटका सन्दर्भमा नेकपा एमालेले सम्बद्ध नगरसभा सदस्यहरूले असहमति जनाएपछि सो बारेमा कुनै घटनाक्रम विकसित भएको छैन् ।

यद्यपी बजेटमा असन्तुष्ट पक्षलाई समेटेरै अघि बढ्ने मेयर गिरी आसय रहेको बुझिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ