आयल निगमको थानकोट डिपोमा कार्यरत कर्मचारीले तेल चोरेको प्रकरण छानबिन गर्न समिति गठन

Thankot Times

थानकोट ।

नेपाल आयल निगमले थानकोट डिपोबाट भएको तेल चोरी घटनाको छानबिन गर्न समिति गठन गरेको छ ।

निगमले शुक्रबार गुणस्तर नियन्त्रण तथा अनुगमन विभागका निर्देशक विधि श्रेष्ठको नेतृत्वमा ४ सदस्यीय छानबिन समिति गठन गरेको हो ।

छानबिन समितिमा प्रशासन विभागबाट १ जना, आन्तरिक नियन्त्रणबाट १ जना र एलपिजी तथा एभिएसन विभागबाट १ जना सदस्य रहने निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिए ।

निगमको थानकोट डिपोबाट पछिल्लो पटक जेठ ३० गते ३ सय लिटर तेल चोरी भएको थियो ।

नेपाल आयल निगम थानकोट डिपोमा कार्यरत कर्मचारीकै संलग्नतामा इन्धन चोरी


Leave a Reply

Your email address will not be published. Required fields are marked *