एसइई-२०८१ः सतुङ्गलस्थित जेसिस स्कुलका जेनिशले प्राप्त गरे ४ जीपीए

Thankot Times

थानकोट ।

गत वर्ष चैत्र महिनामा सञ्चालित माध्यमिक शिक्षा परीक्षा (एसईई) को शुक्रबार नतिजा प्रकाशन भएसँगै सम्बन्धित विद्यालयहरूले आ-आफ्नो विद्यार्थीले प्राप्त गरेको नतिजा सार्वजनिक गर्ने क्रम जारी छ ।

हिजो शनिबारको सार्वजनिक बिदा परेका कारण अधिकांश सरकारी/सामुदायिक विद्यालयले गत वर्ष चैत्र महिनामा सञ्चालित माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजाको विवरण सार्वजनिक गरेका छैनन् । संस्थागत विद्यालयलहरूले भने आ-आफ्नो विद्यार्थीले प्राप्त गरेको नतिजा सामाजिक सञ्जालमा सार्वजनिक गरिरहेका छन् ।

राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको नतिजाअनुसार, ३.६ देखि ४ सम्म ४८१७७ जना, जिपिए ३.२ देखि ३.६ सम्म ८१३८५ जना, जिपिए २.८ देखि ३.२ सम्म ८९१२४ जना, जिपिए २.४ देखि २.८ सम्म ४८४७९ जना, जिपिए २.० देखि २.४ सम्म ४१२६ जना, जिपिए १.६ देखि २.० सम्म ८ जना वर्गीकृत भएका छन् ।१२६ जना परीक्षार्थीको परीक्षा रद्द गरिएको छ ।

अवर्गीकृत परीक्षार्थीको सङ्ख्या १६७५९७ रहेको छ ।

प्राप्त विवरण अनुसार चन्द्रागिरि नगरपालिका-११ सतुङ्गलस्थित जेसिस इन्टरनेशनल बोर्डिङ स्कुलका जेनिश अर्यालले एसइई-२०८१ मा ४ जीपीए प्राप्त गरेका छन् ।

जहाँबाट गत साल ४८ जना परीक्षार्थी माध्यमिक शिक्षा परीक्षा (एसईई)मा सामेल भएका थिए ।

चन्द्रागिरि नगर क्षेत्रमा सञ्चालनमा रहेका ५६ वटा सामुदायिक तथा संस्थागत विद्यालयका २२७९ जना विद्यार्थीहरू गत साल माध्यमिक शिक्षा परीक्षामा सामेल भएका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *