आज राष्ट्रिय धान दिवस, कृषि मन्त्रीको उपस्थितिमा चन्द्रागिरिमा धान राेपाईँ उत्सव हुँदै

Thankot Times

थानकोट ।

आज असार १५ गते २२औं राष्ट्रिय धान दिवस देशभर विविध कार्यक्रमका साथ मनाइँदै छ ।

राष्ट्रिय धान दिवसका अवसरमा चन्द्रागिरि नगरपालिका-०९ मच्छेगाउँमा समेत धान दिवस कार्यक्रम आयोजना हुने बताइएको छ ।

नेपाल कृषि श्रमिक संघ काठमाडाैं जिल्ला समिति, नेपाली काँग्रेस चन्द्रागिरि नगरपालिका वडा नं. ९ कार्य समिति, मच्छेगाउँस्थित बीपी कोइराला कोइराला जय नेपाल समाज, सुदूरपश्चिम कलाकार समाज, काठमाडाैं समेतको आयोजनामा आज राष्ट्रिय धान दिवस मनाउन लागिएको हो ।

मध्यान्ह १२:३० बजे सुरु हुने कार्यक्रममा कृषि मन्त्री रामनाथ अधिकारीसहित नेपाली काँग्रेसका १० जना केन्द्रीय सदस्यहरू उपस्थित हुने बुझिएको छ।

हरेक वर्ष असार १५ गते सरकारले राष्ट्रिय धान दिवस मनाउने गरेको छ ।

यस्तै, नेपाल किसान महासंघ काठमाडाैं जिल्ला कार्य समितिको आयोजनामा कीर्तिपुर नगरपालिका-०६ टाैदहमा पनि राष्ट्रिय धान दिवस मनाइने तयारी छ । सो कार्यक्रममा कृषि मन्त्री रामनाथ अधिकारी, संघीय सांसद् राजेन्द्रकुमार केसी लगायतको उपस्थिति रहने नेपाल किसान महासंघ काठमाडाैं जिल्ला अध्यक्ष अमृतमान महर्जनले जानकारी दिए ।

टाैदहमा २२औं राष्ट्रिय धान दिवस मनाइँदै

प्रतिकात्मक तस्बिरमा थानकोट क्षेत्र २०२८ साल ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *