एसइई-२०८१ः चन्द्रागिरिका सामुदायिक विद्यालयहरूको नतिजामा ५ प्रतिशतले सुधार (सूचीसहित)

Thankot Times

थानकोट ।

गत वर्ष चैत्र महिनामा सञ्चालित माध्यमिक शिक्षा परीक्षा (एसईई) को शुक्रबार नतिजा प्रकाशन भएसँगै सम्बन्धित विद्यालयहरूले आ-आफ्नो विद्यार्थीले प्राप्त गरेको नतिजा सार्वजनिक गर्ने क्रम जारी छ ।

हिजो शनिबारको सार्वजनिक बिदा परेका कारण स्थानीय तहका शिक्षा विभागले आइतबार परीक्षाफलको नतिजा एकीकृत गरी विवरण सार्वजनिक गर्ने तयारी गरिरहेका छन् । 

राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको नतिजाअनुसार, ३.६ देखि ४ सम्म ४८१७७ जना, जिपिए ३.२ देखि ३.६ सम्म ८१३८५ जना, जिपिए २.८ देखि ३.२ सम्म ८९१२४ जना, जिपिए २.४ देखि २.८ सम्म ४८४७९ जना, जिपिए २.० देखि २.४ सम्म ४१२६ जना, जिपिए १.६ देखि २.० सम्म ८ जना वर्गीकृत भएका छन् ।१२६ जना परीक्षार्थीको परीक्षा रद्द गरिएको छ ।

अवर्गीकृत परीक्षार्थीको सङ्ख्या १६७५९७ रहेको छ ।

चन्द्रागिरि नगर क्षेत्रमा सञ्चालनमा रहेका ५६ वटा सामुदायिक तथा संस्थागत विद्यालयका २२७९ जना विद्यार्थीहरू गत साल माध्यमिक शिक्षा परीक्षामा सामेल भएका थिए ।

चन्द्रागिरि नगरको शिक्षा, युवा तथा खेलकुद विभागले थानकोट टाइम्सलाई उपलब्ध गराएको विवरण अनुसार नगर क्षेत्रमा रहेका १७ सामुदायिक विद्यालयको नतिजा गत वर्षको भन्दा केही सुधार देखिएको छ ।

नगरका सामुदायिक विद्यालयका कुल ७९९ जना परीक्षार्थीले गत वर्ष माध्यमिक शिक्षा परीक्षा दिएकोमा ६२५ जना उत्तीर्ण भएका छन् ।

अवर्गीकृत परीक्षार्थीको सङ्ख्या १८० छ । 

समग्र नतिजा गत वर्षको तुलनामा ५.३७ प्रतिशतले सुधार भएको नगर शिक्षा विभाग प्रमुख सुदन राज खनालको भनाइ छ ।

चन्द्रागिरि नगरका कुन विद्यालयको एसइई-२०८१ नतिजा कस्तो रह्यो हेराैंः


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ