थानकोट ब्यारेकसहित एकैपटक ६२ ठाउँमा बासस्थान निर्माण गर्दै नेपाली सेना

Thankot Times

थानकोट ।

नेपाली सेनाले एकैपटक देशभर ६२ ठाउँमा ब्यारेक, गणहरूमा भवन, वासस्थान लगायत निर्माण कार्य गर्ने भएको छ । काठमाडौंसहित देशभर रहेका विभिन्न ब्यारेक, गण, वाहिनी अड्डा शिक्षालय, निवेश, तालिम केन्द्र, हेड क्वार्टरमा भवन, सैनिक वासस्थान, शौचालय लगायत निर्माण गर्ने भएको हो । 

स्थपित निर्देशनालय जंगी अड्डाका अनुसार देशभर ६२ ठाउँमा भवन, सैनिक वासस्थान, शौचालय लगायत निर्माण गर्न ५४ करोड ६८ लाख रुपैयाँ भन्दा बढीको ठेक्का आह्वान गरिएको छ । 

आगामी आर्थिक वर्ष २०८२/८३ मा देशभरका विभिन्न ठाउँमा तोकिएको निर्माण कार्य गर्न बोलपत्र आह्वान गरेको छ । निर्माण कार्यको गर्न इच्छुकले १५ दिनभित्र बोलपत्र पेस गर्नुपर्नेछ । 

विगत दुई आर्थिक वर्ष २०७९/८० र २०८०/८१ मा नेपाली सेना अन्तर्गतका निकायहरूमा निर्माण कार्य गरेर सन्तोषजनक कार्यसम्पादन गरेको हुनुपर्नेछ । बोलपत्र दाताले आफ्नै खर्चमा साइट भिजिट गर्नुपर्नेछ ।

निर्माण व्यवसायीले सम्झौता बमोजिमको काम शुरु नगरेमा, काम शुरु गरी बीचैमा छोडेमा वा सम्झौता बमोजिम कामको प्रगति नगरेमा त्यस्तो सम्झौता जुनसुकै बखत अन्त्य गरी जमानत जफत गरिने सेनाको कार्यालयले जनाएको छ ।

सैनिक गट्ठाघर व्यारेक, भक्तपुरका लागि थ्रीएक्स ग्रुप घर, उपत्यका पृतना तालिम शिक्षालय थानकोट ब्यारेकका लागि अधिकृत वासस्थान, ईन्द्रध्वज गण लक्ष्मणडाँडा सिन्धुपाल्चोक, युद्धकवच गण सितापाइला, केन्द्रीय एम.ई.एस.त्रिपुरेश्वरका लागि पदिक वासस्थान, नं. १ वाहिनी अड्डा बालाजुका लागि कार्यालय भवन, स्वयम्भु बारुदखानाका लागि जवान वासस्थान निर्माण गर्ने नेपाली सेनाले जनाएको छ । 

विद्युत तथा यान्त्रिक सेवा निर्देशनालय तोपखाना ब्यारेकका लागि महिला सैनिक वासस्थान, भैरवनाथ गण लक्ष्मी निवास महाराजगंजका लागि मुख्य प्रवेशदवार (बुर्जा), नं १ सैन्य तालिम केन्द्र मैथली क्याम्प त्रिशुलीका लागि महिला सैनिक बेड, उत्तर पश्चिम पृतना तालिम शिक्षालय लेखफर्सा ब्यारेक सुर्खेतका लागि अधिकृत वासस्थान, कालीशक्ति गण (ई) मोरङ्गका लागि पदिक वासस्थान, भिमदल गण धनकुटाका लागि पदिक वासस्थान, सुदुरपश्चिम पृतना तालिम शिक्षालय कैलालाीका लागि अधिकृत वासस्थान र देविदल गण मालाखेतीका लागि महिला सैनिक बेड निर्माण गर्नुपर्नेछ । यी स्थानमा निर्माणका लागि न्यूनतम ठेक्का रकम भने खुलाइएको छैन् ।

सूचना हेराैं


Leave a Reply

Your email address will not be published. Required fields are marked *