चन्द्रागिरि नगर प्राथमिक अस्पताल थानकोटमा रेबिज विरुद्धको खोप अभाव
थानकोट ।
चन्द्रागिरि नगर प्राथमिक अस्पताल थानकोटमा रेबिज विरुद्धको खोप अभाव भएको छ ।
अस्पतालबाट आइतबार जारी विज्ञप्तिमा जनाइए अनुसार रेबिज विरुद्धको खोप अभाव भएपछि खोप सेवा स्थगित भएको हो ।
अर्को सूचना नभएसम्मको लागि अस्पतालबाट संचालन भईरहेको रेबिज विरुद्धको खोप सेवा रोकिएको अस्पताल प्रशासनले जनाएको छ।













